चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक



काठमाडौँ। फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक एक्सन प्याक टिजरले दर्शक माझ थप कौतुहलता बढाउने देखिन्छ। टिजर हेर्दा कलाकारले निकै नै मेहनत गरेको देखिन्छ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ । नाजिरले चलचित्रमा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए । चलचित्रको वितरण डिसीएनले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.