नेपाली निर्माताको हिन्दि चलचित्र ‘बिन फेरे फ्री मे तेरे’


(सेलिब्रेटी नेपाल) १ जेठ- नेपाली निर्माताको लगानीमा बनेको हिन्दि चलचित्र ‘बिन फेरे फ्री मे तेरे’ भोलि सुक्रबार बाट देशब्यापी रिलिज हुने भएको छ। नेपाली निर्माता दिवस बाबु पुरीको लगानीमा बनेको फिल्म ‘बिन फेरे फ्री मे तेरे’ नेपालमा मात्र रिलिज गर्न लगिएको हो। भारत लगायत अन्य देशमा केहि महिना पछि मात्रै रिलिज हुने छ। आज चलचित्रको बिषयमा जानकारी गराउने उदेश्यले मण्डला थिएटरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। bin-phere-free-me-ttere
कार्यक्रममा बोल्दै चलचित्रका वितरक करण क्रेजीले चलचित्र कमेडी तथा रोमान्टिक प्रेम कथा भएको बताए। नायक निखिल उप्रेती पनि हाल बलियुडमा संघर्ष गरि रहेका छन्। फिल्ममा बलियुड़का राम्रा मानिएका र सहायक रोलमा अभिनय गरि राखेका कलाकारको बाहुल्यता रहेको छ। उनकै मित्र दिवस बाबु पुरीले निर्माण गरेको फिल्म ‘बिन फेरे फ्री मे तेरे’ को औपचारिक कार्यक्रममा उपस्थित भएका थिए। निखिलले कार्यक्रममा बोल्दै भने ‘हामीले धेरै हिन्दि फिल्म हेरेर हाम्रो पैसा बाहिर पठायौं अब हामीले बाहिरको पैसा नेपाल भित्र्याउनु पर्छ’ उनको भनाइ अनुसार हामी नेपालीले हिन्दि फिल्म बनाएर भारतीको पैसा नेपाल ल्याउने अरे यो सम्भव होला या नहोला भोलिका दिनमा थाहा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.