‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक,कमेडी, मित्रता र प्रेमको कथा



काठमाडौँ । माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा भूकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । अभिनेता सौगात मल्लको ‘बोतल राजा’ को गेटअपसमेत देख्न सकिन्छ ।

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठ निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.