‘अगस्त्य’ पोस्टरमा सौगातसँगै मलिका



काठमाडौँ । फागुनको १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १ ’ का मुख्य अभिनेता द्वय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भए संगै चलचित्रको चर्चा हुन थालेको छ । यसैबिच, यसको निर्माण पक्षले टिजर रिलिजको ३ दिन अगाडि अभिनेत्री मलिका महतको लुक्स सार्वजनिक गरेको छ । यो चलचित्रमा मलिका ‘चाँदनी’को भूमिकामा देखिँदै छिन् । प्रदर्शनको लागी तयार भएको चलचित्र ‘सतिदेवी’ को फर्स्ट लुक सार्वजनिक भए संगै मलिका चर्चामा छिन्। ‘अगस्त्य’अभिनेत्री मलिकाको ‘सतिदेवी’ प्रतिक्षित चलचित्र हो।

चलचित्रमा उनको भूमिका के हो भन्ने खुलाईएको छैन । सौरभ चौधरीको निर्देशनमा तयार भएको यो चलचित्रमा कलाकार तथा निर्देशक निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । चलचित्रमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।