मेनुका पौडेल इण्डियन आइडलको उत्कृष्ट १० मा



काठमाडौं । मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरेकी हुन् ।

बटम–थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भयो । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको उक्त एपिसोडबाट भएको हो ।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए । जसअनुसार ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरे ।

मेनुकाको कुरा गर्दा उनले इण्डियन आइडलका जजदेखि अतिथिको मन जितेकी छन् । यो प्लाटफर्ममा धेरैले उनलाई लता मंगेशकरसँग पनि तुलना भइरहेको छ । मेनुका नेपाल आइडलमा अन्तिम ११ बाट बाहिरिएकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.