बजेट अभावका कारण रोकियो भन्सालीको ड्रिम प्रोजेक्ट



काठमाडौं। बलिउडका सफल निर्देशक संजय लीला भन्सालीको ड्रिम प्रोजेक्ट ‘बैजु बावरा’को निर्माण केही समयको लागि रोकिएको छ । बजेट अभावका कारण यो सिनेमाको निर्माण केही समयको लागि रोकिएको समाचार बलिउड मिडियामा छाएको छ ।

संजय लीला भन्सालीलाई बलिउडमा लार्जर देन लाइफ फिल्म निर्माण गर्ने निर्देशकको रुपमा चिन्ने गरिन्छ । उनको फिल्ममा ठुला ठुला सेट, कलाकारलाई मंहगा कस्टुयम र उत्कृष्ट गीत संगीत हेर्न अनि सुन्न पाइन्छ । उनले निर्माण तथा निर्देशन गरेका अधिकांश सिनेमा बक्सअफिसमा सुपरहिट भएका छन् ।

यस्ता सफल निर्देशक भन्सालीले पनि बजेट अभावका कारण ‘बैजु बावरा’ को निर्माण रोक्नु परेको छ । उनले ‘बैजु बावरा’को लागि ‘गंगुबाई’ निर्माता जयन्ती लाल गाढाको पेन स्टुडियोदेखि वायकम १८, रोनि स्कुवालाको आरएसभिपी, जियो स्टुडियोसम्म स्क्रिप्ट पुर्याएका थिए । तर सवै निर्माणले सिनेमाको बजेट धेरै भएकाले फिल्म निर्माणमा इच्छा नदेखाएपछि हाललाई फिल्मको निर्माण रोकेका हुन् ।

एप्लाज इन्टरटेनमेन्टलाई सिनेमा निर्माणका लागि निर्देशक भंसालीले स्कृप्ट बुझाएका थिए । यो स्टुडियोले फिल्म निर्माणका लागि इच्छा समेत देखाएको थियो । यो स्टुडियोले निर्माण तयारी गरेका सवै प्रोजेक्टको काम रोक्दा पनि भंसालीको फिल्म निर्माण गर्न लाग्ने ३५० करोड बजेट जम्मा गर्न सेकन ।

स्टुडियोले जम्मा गरेको २७५ करोडले भंसालीलाई फिल्म निर्माणको काम अगाडी बढाउन भनेको थियो । तर, निर्देशक भंसालीले पुरा बजेट नभएसम्म सिनेमा नबढाउने भन्दै प्रि-प्रोडक्सनको काम रोकेका हुन् ।