सरोज र शिल्पाको प्रेममा ‘म को हुँ’ सार्वजनिक(भिडियो)



काठमाडौँ। आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको छ ।

भिडियोमा बरिष्ठ कलाकार सरोज खनाल र अभिनेत्री शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । एक अर्काको हुन नसकेको पीडा यो गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताएका छन् । राम कुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरंग मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।
सार्वजनिक भिडियोमा के आफ्नो र को पराई हो भन्ने प्रश्न गरिएको छ । रामकृष्ण र रानीको स्वरले गीतलाई अझै जीवन्त बनाएको छ ।