हे नम्रता बोलको आइटम डान्सको लागि नम्रता लाई कुर्दै अधकट्टी


(सेलिब्रेटी नेपाल) २९ बैशाख-सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘अधकट्टी’को सुटिङ नायिका नम्रता श्रेष्ठ अस्वस्थ हुँदा रोकिएको छ। चलचित्रमा नम्रताको आइटम डान्स रहने छ । पत्थरीको अप्रेसन गरेपछि महिना दिन देखि पोखरामा रेष्ट गरिरहेकी उनी हालै काठमाडौं फर्किएकी छिन्। उनी चलचित्र संघको ४२ औं साधारणसभाको कक्टेल डिनर पार्टीमा भने सहभागी भएकी थिइन्।
namrata-shrestha
निर्देशक आचार्य भन्छन्, “नम्रताको आइटम डान्सबाहेक अरु सुटिङ सकिएको छ। त्यसैले उनी स्वस्थ हुनासाथ सुटिङ गर्छौ।” आइटम गीतको शिर्षक ‘हे नम्रता’ नै रहेकोले पनि निर्माण पक्षलाई उनलाई नै कुर्नुपर्ने बाध्यता छ। प्रदीप के.उदयको निर्माण रहेको चलचित्रमा गौरव पहारी, गजित विष्ट, अशिष्मा नकर्मी, प्रदीप बाँस्तोलालगाएतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा राजन इशानको संगीत सुन्न सकिनेछ भने चलचित्र लाई हरि घलेले खिचेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.