सेन्सर वोर्डमा कांग्रेस निकट चलचित्रकर्मी नियुक्त


(सेलिब्रेटी नेपाल) २६ बैशाख-सरकारले सेन्सर वोर्ड र चलचित्र विकास बोर्डमा कांग्रेस निकट चलचित्रकर्मी नियुक्त गरेको छ। चुनाबको नजिक थुप्रै कलाकारहरुले नेपाली कांग्रेस प्रवेश गरेका थिए। संचार मन्त्रि नेपाली कांग्रेसको भागमा परे पछि कांग्रेस निकट कलाकर्मी हरुको सेन्सर तथा बोर्डमा सहभागिता भएको हो।
Sensar-board
चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)मा चलचित्र निर्माता संघका प्रवक्ता सुरेश दर्पण पोखरेल र नायिका मेलिना मानन्धरलाई नियुक्त गरेका छन्।
त्यस्तै चलचित्र विकास बोर्डको पदमा अभिनेत्री रुपा राना र काङ्ग्रेस निकटका चलचित्र निर्माता राजेन्द्र केसी नियुक्त भएका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.