रेखा थापाको भिडन्त रेखा संग


(सेलिब्रेटी नेपाल) २५ बैशाख- रेखा थापा आफु लाई नायिका होइन नायक भन्न रुचाउछिन र बेला बेलामा भन्ने गर्छिन कि चलचित्र हिरोको कारण होइन मेरो कारण चल्छ। यो सुक्रबार अर्थात् बैशाख २६ गते रेखा थापा अभिनित दुइ चलचित्र एक साथ् प्रदर्शनमा आउने भएका छन् यी दुइ चलचित्रको ब्यबसायिक सफलता पछि रेखाको भनाइको पुस्टि हुन सक्छ छबिराज ओझाको ब्यानर बाट नै निर्देशक बनेका निर्देशक कमल कृष्णले निर्देशन गरेको चलचित्र ‘दमदार’ र बरिस्ट कलाकार तथा निर्देशक निर शाहले निर्देशन गरेको चलचित्र ‘अकाल’ एक साथ प्रदर्शनमा आउने भएको हो ।
Rekha-thapa-damdar
चलचित्र ‘दमदार’ रेखा थापा नायक सबिन श्रेष्ठको जोडी बनेकी छन् भने चलचित्र अकालमा नायक राजेश हमालको जोडी बनेकी छन् । यी दुइ मध्ये कस संग रेखाको जोडी जम्ने हो त्यो त अबको केहि दिनमा थाहा हुने छ। यी दुइ संगै अर्को एक चलचित्र रेड मनसुन पनि एकै दिन रिलिज हुँदै छ । इलम दिक्षितले निर्देशन गरेको चलचित्र ‘रेड मनसुन’,कमल कृष्णको ‘दमदार’,निर शाहको ‘अकाल’ मध्ये कुन चलचित्र लाई दर्शकको माया मिल्नेछ अब केहि दिनमा थाहा हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.