काँच जस्तै टल्किने शीशा भिडियो रिलिज


(सेलिब्रेटी नेपाल) २३ बैशाख- आर.बी. खत्रीको निर्देशनमा तयार भएको चलचित्र ‘शीशा’ को भिडियो रिलिज भएको छ। यस गीतको छायांकन सिक्किममा भएको हो यस गीतमा प्रयोग भएको लोकेसनले गर्दा निक्कै नै आकर्षक देखिएको छ। बरिस्ट नृत्य निर्देशक कमल राईले निर्देशन गरेको गीत लाई राम के सी ले खिचेका हुन्। साउन २३ गते बाट देश ब्यापी रिलिज हुन लागेको चलचित्र शीशाले आफ्नो गीत संगीत रिलिज संगै आफ्नो प्रचार प्रसार कार्य थालनी गरेको छ। jiwan-luitel-uma
जीवन लुइटेलको २०७१ सालमा रिलिज हुने यो पहिलो चलचित्र हुने छ। जीवनका फ्यान हरुले ब्यग्र प्रतिक्षा गरि रहेको चलचित्र सांगीतिक हिट हुनेमा निर्देशक आर.बी. खत्री बिस्वस्त देखिन्छन। यस गीतमा चलचित्रका मुख्य नायक जीवन तथा नायिका उमा बेबीको अभिनय रहेको छ। चलचित्रमा जीवन लुइँटेल र उमाको साथमा निर्मल सेन्चुरी,रागिनी खड्गी,दिपेश भण्डारी,शर्मिला मल्ल,शान्ति गिरि र बि.एस राना लगाएतको मुख्य अभिनय रहेको छ। चलचित्रमा संगीत लक्की सिटौला र मनोज सिंहको रहेको छ। यस रिलिज गीतमा स्वरूपराज आचार्यको स्वर रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.