बलिउड नायक अक्षय कुमार ठमेलमा


(सेलिब्रेटी नेपाल) २३ बैशाख-फिल्म सुटिंगको सिलसिलामा बलिउड नायक अक्षय कुमार हाल नेपालमा रहेका छन्। शुक्रबार नेपाल आएका अक्षयले केही दिन देखि चलचित्रको छायांकन गरिरहेका छन्। आइतबार र सोमबार हायात होटलमा चलचित्रको छायांकन गरेका अक्षयले मंगलबार भने ठमेलमा छायांकन गरिरहेका छन्।
Akshya-kumar-in-nepal
ठमेलको सडकमा चलचित्र छायांकन हुँदा २ घन्टा ठमेलमा आवतजावतमा रोक लगाइएको थियो। पत्रकारदेखि सर्वसाधरणलाई ठमेल प्रवेशमा कडाई गरिएको थियो। प्रहरीले अक्षयलाई दोहोरो सुरक्षाका साथ हायात होटलबाट ठमेल पुर्‍याए र छायांकनमा सहभागी गराएको थियो। अक्षयले आफुलाई हेर्न आएका फ्यानलाई टाढैबाट नेपाली पारमा नमस्कार गर्दै सबै फ्यानलाई सन्टुष्ट पारे।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.