५० बर्षको उमेरमा ७४ बर्षका पूर्व आइजीपी संग मिथिला शर्माको बिबाह हुने


mithila-sharma(सेलिब्रेटी नेपाल) २१ बैशाख-अभिनेत्री मिथिला शर्माले ५० बर्षको उमेरमा बिवाह गर्ने भएकी छिन्। ५० को वर्षमा रहेकी अभिनेत्री शर्माले ७४ बर्षका पूर्व आइजीपी मोतिलाल बोहरासँग घरजम गर्ने भएकी हुन्। आज प्रकाशित साप्ताहिक पत्रिका नेपालसँग अभिनेत्री शर्माले भनेकी छिन्, हामी ०७१ साल भित्र बिहे गर्छौ, यसम ढुक्क भए हुन्छ।
मिथिलाका हुनेवाला पती अछामको गजरा गाविस ४ मा जन्मेर भारतमा शिक्षादीक्षा पाएका बोहराका दुई छोरा र तीन छोरी छन्।
बोहराकी पत्नी कलाको ५ फागुन ०६९ मा मृत्यु भएको थियो । एक सय नेपाली फिल्म, २५ भन्दा बढी नाटक र १० वटा भावपूर्ण गीति नाटकमा अभिनय गरेकी अभिनेत्री शर्मा भने कन्या कुमारी हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.