शिशा जस्तै चम्किलो जीवन र उमाको जोडी


(सेलिब्रेटी नेपाल) २१ बैशाख-ढल्क्यो ढल्क्यो जोवन मेरो तिमि तिरै सानु..नैना रेशममा समाबेश यो गीत धेरैको मुखमा झुन्डिन सफल भएको थियो गीत हिट बनेमा सिनेमा पनि चल्छ भन्ने मान्यता राख्ने निर्देशक आर.बी.खत्री सरदले निर्देशन गरेको चलचित्र ‘शिशा’ मा समाबेश गीत संगीतले पनि राम्रो बजार पाउनेमा निर्माण युनिट ढुक्क रहेको छ। यो चलचित्र साउन २३ गतेबाट प्रदर्शनमा आउने बताइएको छ। आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै रिलिज मिति घोषणा गरेको हो।
jiwan-uma
शिशा शिशा जस्तै चम्किलो र उत्कृष्ट सिनेमा बनेको भन्दै नायक जीवन लुइटेलले प्रशंसा गरे। उनले चलचित्रमा आफूले सकेको काम गरेको भन्दै खेलेका सिनेमा मध्ये एउटा उत्कृष्ट चलचित्र ‘शीशा’ बनेको बताए। आर.बी.के खत्रीको निर्देशनमा तयार भएको सिनेमालाई मदुसुधन ढकाल,अजिता सुमार्गी, महेश ढुंगेल, विराट थापाको लगानी रहेको छ।
Shisha-poster
चलचित्रमा जीवन लुइटेल, शान्ति गिरी, उमा बेबी, रागिनी खड्गी, निर्मल सेन्चुरी, दिपेश भण्डारी, शर्मिला मल्ल, बी.एस राणा लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रमा भारतीए चर्चित फूटबल खेलाडी भाइचुङ भुटिया पनि विशेष भूमिकामा देखिनेछन्।

चलचित्रमा कुमार बखती र राम कुमार केसीको छायांकन, तारा थापाको सम्पादन, कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ। चलचित्रमा समावेश गीतमा लक्की सिटौलाले र मनोज सिंहले संगीत दिएका छन्।
Photo by-Maheswor man singh

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.