जातीय भेदभावविरुद्ध सुनपानी


(सेलिब्रेटी नेपाल) १९ बैशाख-सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि चलचित्र ‘सुनपानी’ बनेको छ। जातीय भेदभावविरुद्ध निर्माण हुन लागेको यो चलचित्र छायाँकन सकाएर यतिखेर पोष्ट प्रोडक्सनको कार्यमा रहेको छ। चलचित्रले सन्देश बोक्दै समाजका लागि उत्तरदायित्व निर्वाह गर्न सक्छ भन्ने उद्देश्यका साथ सुनपानी निर्माण गरिएको निर्माण पक्षको भनाइ छ।
Sunpani-poster
गुन्जन एण्ड कुसुम फिल्म्सको प्रस्तुतिमा लायन चेतबहादुर सिंहले निर्माण गरेको सुनपानीका निर्देशक सविन बास्तोला रहेका छन्। सुनपानीमा सविन बास्तोला, तारा केसी, अग्रज केसी, आशा भुसाल, नवीन तिमिल्सिना, निशा शाह, बुद्धिसागर खनाल, दिलिप तामाङ, चेत राजा, स्वस्तिका लामिछाने लगायतका कलाकारहरुको अभिनय रहेको छ। विमलराज क्षेत्रीको संगीत रहेको चलचित्र सामाजिक जनजागरणका लागि तयार पारिएकोले समाजका विभिन्न वर्गसम्म पुग्नका निमित्त सोही किसिमको प्रदर्शन व्यवस्थापन गर्दै रिलिज गरिने लक्ष्य निर्माण युनिटको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.