(सेलिब्रेटी नेपाल) १६ बैशाख-बालबालिकासँग सम्बन्धित शैक्षिक विसंगतिका विरुद्ध ज्वलन्त आवाज उठाएको चलचित्र ‘ठूलो मान्छे’ आगामी जेठ २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ। मिडिया प्रा.लि.को व्यानरमा प्रदिप खड्का प्रस्तुतकर्ता रहेको चलचित्रले सोमबार आफ्नो ट्रेलर र दुई गीत सञ्चारकर्मीमाझ सार्वजनिक गरेको छ। चलचित्रका निर्देशक प्रशान्त तामाङका अनुसार चलचित्रले वर्तमान नेपालको शिक्षण प्रणालीलाई व्यंग्य गर्दै विद्यार्थीलाई राम्रो वातावरणमा पढाउन सकिएमा भविष्यमा ऊ पनि ठूलो मान्छे बन्न सक्छ भन्ने सन्देश बोकेको छ। ‘अभिभावकको डर, शिक्षकको व्यवहार र विद्यालयको वातावरणले पनि विद्यार्थीको पढाईमा प्रभाव पार्ने गरेको छ,’निर्देशक तामाङले भने,‘यही विषयलाई मध्यनजर गर्दै हामीले बाल मनोविज्ञानलाई प्रमुख विषय बनाएर चलचित्र निर्माण गरेका हौं।’प्रमोद सुब्बा निर्माता रहेको चलचित्रमा नायिका केकी अधिकारीले प्रमुख भूमिकामा अभिनय गरेकी छन् भने कुशल, रोमन, उज्जवल, आशिष, विवेक, अविरल, प्रेम र सुष्माले पनि अभिनय गरेका छन् ।
सम्बधित पोस्टहरु
‘परालको आगो’ मा सुहाना अनुबन्धित
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’ मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले...
चलचित्र विकास बोर्डद्धारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान
काठमाडौं । चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचारसचिव राधिका अर्यालले बुधबार विकास बोर्डको हलमा आयोजित...
‘अग्निदहन’ को राजधानीमा प्रिमियर सम्पन्न
काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी...
नरेश पौड्यालको निर्देशनमा ‘सिलसिला’ बन्ने
काठमाडौँ। नरेश पौड्यालको निर्देशनमा चलचित्र ‘सिलसिला’बन्ने भएको छ। चलचित्र चुनौती,हिरो,धड्कन,अभिमन्यु,दीपशिखा जस्ता चलचित्रको निर्देशन गरि सकेका पौड्यालको निर्देशनमा बन्ने चलचित्र ‘सिलसिला’ को निर्माण...
चलचित्र ‘तेल भिसा’ले कति शोज पायो ?
काठमाडौं । चलचित्र ‘तेल भिसा’ले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । शुक्रबार रिलिज हुने चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले ४७ शो दिएको छ । ‘तेल भिसा’ले काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर २२ शो पाएको हो । यो...
पटकथा संग्रहालयको सुरुवात, ७ फिल्मले बुझाए संचार मन्त्रीलाई पटकथा
काठमाडौं । पटकथा संग्रहालयको औपचारिक सुरुवात भएको छ । चलचित्र विकास बोर्डमा बुधबार आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संग्रहालयको सुरुवात गरे । सो अवसरमा ७ जना फिल्म निर्माता तथा लेखकले मन्त्री...