जेस्ठ नागरिक हरुले भिमदत्त निशुल्क हेर्न पाउने


(सेलिब्रेटी नेपाल) १६ बैशाख -कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार तथा निर्माता नवल खड्काको चलचित्र भिमदत्तको लोकतन्त्र दिवसको अवसर परेर डडेल्धुरामा च्यारिटी शो सम्पन्न भएको छ। यस शो बाट नै च्यारिटी शो को सुरुवात पनि भएको कुरा कलाकार नवल खड्काले बताए। अमेरिका तथा हंगकंगको शो बाट राम्रो प्रतिक्रिया पाएको सहिद भिमदत्तको जीवनीमा बनेको चलचित्र भिमदत्तको डडेल्धुरामा सम्पन्न च्यारिटीमा दस हजार भन्दा बढी दर्शकले हेरेका छन् चलचित्र भिमदत्तको कुनै पनि च्यारिटी शो तथा अन्य नियमित शो हरु जेस्ठ नागरिक हरुको सम्मान गर्दै निशुल्क हेर्न पाउने व्यवस्था निर्माण युनिटले गरेको छ। आफ्नो नागरिकता देख्यर ६५ वर्षा भन्दा माथिकाले चलचित्र निशुल्क हेर्न पाउने जानकारी कलाकार तथा निर्माता नवल खड्काले दिए।
Bhimdatta-posterनिर्देशक हिम ग्याप टासीले पहिलो पटक निर्देशन गरेको ऐतिहासिक तथा सत्य कथामा आधारित यस चलचित्र भिमदत्तमा नवल खडका, निशा अधिकारी, सुमीना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी, कविता शर्मा, एमएस अगराज, सन्जय खतिवडा, लय संग्रौला, उत्तम केसी, रवी गीरी, वीएस राना लगायतका कलाकार हरुको अभिनय रहेको छ। शिवंम अधिकारीको पटकथा संवाद रहेको यस चलचित्रको द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका छन् भने कथा मणी थापाको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.