नेपाली नायिकाको सिरियल किसर ईमरान हाश्मीसँग रोमान्स


नेपाली मुलकी नायिका गीताञ्जली थापाले अब बलिउडका सिरियल किसर ईमरान हाश्मीसँग रोमान्स गर्ने भएकी छिन् नयाँ चलचित्रमा नायिका गीताञ्जली ईमरान हाश्मीको जोडीको रुपमा देखिदैछिन्। गीताञ्जलीले ईमरानसँग काम गर्दा सुरुमा आफू केही नर्भस भएतापनि पछि सजिलो भएको बताएकि छिन्। ‘टिमका सबैको सहयोगले काम गर्न सजिलो भैरहेको छ’, टाइम्स अफ ईन्डियाका लागि अन्र्तवार्ता दिदै गीताञ्जलीले भनेकी छिन्।
geetanjali-thapa
३ वटा हलिउड सिनेमामा काम गरिसकेकी सिक्किमकी गीताञ्जलीलाई बलिउडमा इन्ट्री मार्न खासै गाह्रो भएन। उनले आफू नेपाली मुलको भएर पनि बलिउडले स्विकार गरेको कुरा खुलाइन्।गीताञ्जलीले अभिनय गरेको पहिलो चलचित्र ‘आइडी’ले उनलाई २ वटा अन्तरराष्ट्रिय अवार्ड पनि दिलाएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.