खिलको ‘रिमै’ मा जोडिए सौगात



काठमाडौँ। खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यो सँगै चलचित्रको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्। उनीहरु तीनै जनाले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए।

चलचित्रलाई गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्ले निर्माण गर्न लागेको हो। चलचित्रमा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता विरबल घले प्रमूख भूमिका रहनेछ। उपेन्द्र सुब्बा चलचित्रका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन्। चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सिनेमामा सह-निर्माताका रुपमा रहनेछन्। सिनेमाको हाल प्रिप्रोडक्सन चलिरहेको छ। चलचित्र ‘रिमै’ बैशाखबाट फ्लोरमा जाने र भदौ तीजमा रिलिज गर्ने निर्माणको लक्ष्य रहेको छ । ‘

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.