मेरो वेस्ट फ्रेन्ड लाई प्रियंका र केकी को अभाब


(सेलिब्रेटी नेपाल) १० बैशाख- तिन बर्ष पछि प्रदर्शनमा आउने लागेको चलचित्र ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रचारमा मुख्य दुई अभिनेत्रीको अभाव भएको छ। चलचित्र ‘मेरो वेस्ट फ्रेन्ड’ वैशाख २६ गते बाट प्रदर्शन हुँदैछ अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी एउटै मितिमा एउटै फिल्मको सुटिङमा व्यस्त हुने भएपछि ‘मेरो वेस्ट फ्रेन्ड’ को प्रचार प्रसारमा सहभागी हुन नपाउने भएका हुन्।
Priyanka-karki-keki-adhikari
दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका निर्देशक प्रसन्न पौडेलको दोस्रो निर्देशनको चलचित्र ‘मेरो वेस्ट फ्रेन्ड’ प्रदर्शन हुने एक साता पहिल्यै प्रियंका र केकी सुवर्ण थापाकोचलचित्रको सुटिङमा व्यस्त हुने भएका छन्।
रेखा थापा र सविन श्रेष्ठ अभिनित ‘दमदार’ र इलम दिक्षितको ‘रेड मनसून’सँग वैशाख २६ गते एक साथ भिड्न लागेको ‘माइ वेस्ट फ्रेन्ड’को प्रचार प्रसारमा मुख्य दुई हिरोइन नै नहुँदा निर्माण युनिट लाई गाह्रो पर्ने देखिएको छ। प्रियंका कार्की र केकी अधिकारीको साथमा नायक रेश मरहठा र दिवस को मुख्य अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.