अडियो विमोचनको परम्परा लाई धान्दै नोवेम्बर रेन


(सेलिब्रेटी नेपाल) २५ चैत्र- वैशाख १२ गते बाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘नोवेम्बर रेन’ को अडियो बिमोचन सम्पन्न भएको । चलचित्रका निर्माता सुवास गिरीले चलचित्रको कथावस्तु मन छुने र राम्रा भएकाले लगानी गरेको बताए। निर्माता सुवास गिरीको यो दोस्रो चलचित्र हो। चलचित्रका संगीतको बजार नभए पनि प्रचार प्रसारका लागि अडियो सार्बजनिक गर्ने परम्परा नै बसिसकेको छ। यसै परम्परा लाई कायम राख्दै ‘नोवेम्बर रेन’ले पनि मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर अडियो बिमोचन गरेको छ।
November-rain
चलचित्रमा जम्मा तिन वटा मात्र गीत रहेको छ। गीतमा तर प्रकाश लिम्बुले संगीत दिएका छन्। चलचित्रका निर्देशक दिनेश राउतले चलचित्र राम्रो बनाउन कुनै पनि सम्झौता नगरिएको कुरा बताए । चलचित्रले कस्तो व्यापार गर्ला र आर्यनको खस्कँदो क्यरिएर लाई कति माथि पुर्याउला भन्ने जान्नका लागि बैशाख १२ गते लाई कुर्नु पर्ने छ। चलचित्रमा आर्यन सिग्देल,नम्रता श्रेष्ठ,छुल्ठिम गुरुङको मुख्य अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.