भीमदत्तको अमेरिकामा रेड कार्पेट प्रिमियर


(सेलिब्रेटी नेपाल) २५ चैत्र-कलाकार संघका अध्यक्ष समेत रहेका कलाकार तथा निर्माता नवल खड्काको चलचित्र भिमदत्तको आइतवार अमेरिकाको न्यूयोर्क सहरको कूइन्स स्थित सेन्टर सिनेमा हलमा भब्य प्रिमियर शो सम्पन्न भएको छ।
Bhimdatta-poster
अमेरिकामा रहेका चलचित्रका निर्देशक हिम ग्याप टासी लामाका अनुसार रेड कार्पेट प्रिमियर नाम दिएको उक्त शोमा अमेरिका स्थित नेपाली कलाकार, ब्यावसायी, समाजसेवी, अधिकारकर्मी, पत्रकारहरु लगायत गैरआवासिय नेपालीहरुको भिड लागेको थियो।

ऐतिहासिक तथा सत्य कथामा आधारित यस चलचित्र भिमदत्तमा नवल खडका, निशा अधिकारी, सुमीना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी, कविता शर्मा, एमएस अगराज, सन्जय खतिवडा, लय संग्रौला, उत्तम केसी, रवी गीरी, वीएस राना लगायतका कलाकार हरुको अभिनय रहेको छ। गोल्डेन आइ फिल्म प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक हिमग्याप टासी लामा हुन। शिवंम अधिकारीको पटकथा संवाद रहेको यस चलचित्रको द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका छन् भने कथा मणी थापाको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.