चलचित्र होस्टेल नायिका रेखा निर्देशक सबिर नायक अर्पण उत्कृष्ट


(सेलिब्रेटी नेपाल) १७ चैत्र-दोस्रो इनास अवार्ड १०१४’ चलचित्र होस्टेल उत्कृष्ट भएको छ। आइतबार साँझ नेदरल्याण्डमा सम्पन्न अवार्ड समारोहमा होष्टेललाई यो सम्मान दिइएको हो। कार्यक्रममा चलचित्रका निर्माता कलाकार सुनिल रावलले अवार्ड थापे।
Sunil-rawal-nir-shah
कार्यक्रममा चलचित्र ‘काली’बाट निर्देशक सविर श्रेष्ठ र अभिनेत्री रेखा थापा उत्कृष्ट ठहरिए। चलचित्र ‘धन्दा’ बाट अभिनेता अर्पण थापा उत्कृष्टमा पर्दा सुरज भूषालको निर्देशनमा बनेको चलचित्र ‘मौन’ले भने वेष्ट जुरी अवार्ड पाउन सफल भयो।

नेपाल चलचित्र प्राविधिक संघले चलचित्र ‘धन्दा’, ‘होस्टेल’, ‘काली’, ‘साँघुरो ’र ‘मौन’लाई अवार्डमा प्रतिस्पर्धाका लागी पठाएको थियो । गएका चलचित्र मध्ये ‘साँघुरो’ ले कुनै पनि अवार्ड प्राप्त गर्न सकेन। अवार्ड समारोहमा चलचित्र निर्माता निर्देशक तथा कलाकार निर शाह, उद्धव पौड्याल, चलचित्र विकास बोर्डका प्रवक्ता अनुपम निरौला, निर्माता सुनिल रावल, राजेश घतानी र अभिनेत्री निशा अधिकारी सहभागी थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.