कलाकारको सम्मान पत्रकार लाई


(सेलिब्रेटी नेपाल) १६ चैत्र-चलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितीलाई नेपाल चलचित्र कलाकार संघले सम्मान गरेको छ । आइतवार कलाकार संघको कार्यालय अनामनगरमा पत्रकार संघका पदाधिकारीहरूलाई सम्मान गरिएको हो।कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, उपाध्यक्षद्धय लक्ष्मण सुवेदी र विष्णु सुवेदी, महासचिव सन्दिप सापकोटा, सचिव दिनेश सिटौला, कोषाध्यक्ष कुवेर डंगोल, सदस्यहरु सुमन गैरे, विजय आवाज र गीता अधिकारीलाई सम्मानित गरिएको थियो। सदस्यद्धय निमेष गौतम र किरण खनाल भने कार्यक्रममा उपस्थित भएनन्।Nawal-khadka कार्यक्रममा बरिस्ट कलाकारहरु हरिहर शर्मा, मदनदास श्रेष्ठ,भुवन चन्द, रमेश बुढाथोकी,रबिन्द्र खड्का,नायिका सुमिना घिमिरे लय संग्रौला,सानु ताम्राकार,प्रदिप सिंह,निर्माता तथा डीसीएन अध्यक्ष अशोक शर्मा,लगायतको उपस्थिति रहेको थियो।journalist-nepal

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.