दिलिप रायमाझीले बिधवा लाई सम्हाल्ने


(सेलिब्रेटी नेपाल) १३ फागुन लामो समयको बिस्राम पछि अभिनेता दिलिप रायमाझी शिर्ष भूमिकामा देखिने भएका छन्। ‘मिस यू’ पछि दिलिपले मुख्य भूमिकामा देखिन लागेको चलचित्रको नाम ‘बिधवा’ रहेको छ। यही चैत १५ गतेदेखि छायाँकन प्रारम्भ हुने चलचित्र लै मनोज श्रेष्ठले निर्देशन गर्ने भएका छन्।

dilip_raymajhi cbn

झन्डै ६ महिना पाल्पाको लुङ भन्ने दलित बस्तीको अनुसन्धान पछि चलचित्र निर्माण गर्न लागिएको निर्देशक श्रेष्ठले बताए। उनले भने, ‘अन्र्तरजातिय विवाह र विधुवा महिलाले भोग्नु पर्ने सामाजिक समस्यालाई चलचित्रमा देखाउन खोजेका छौँ।’ चलचित्रमा सोनु घिमिरेलाई निर्देशकले ‘बिधवा’ मा डेव्यु गराउँदैछन्।

गिरीप्रसाद सुनार निर्मित यस चलचित्रमा दिपक परियारको छायाँकन रहनेछ। विकास चौधरीको संगीत,हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको चलचित्रमा विवेक थापाले नृत्य निर्देशन गर्दैछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.