पोर्न स्टार सन्नी काठमाडौँ घुमेर फर्किन


आफ्नै पतिसँग पोर्न फिल्ममा खेल्दै आएकी तथा पछिल्लो समयमा बलिउड फिल्ममा सक्रिय क्यानेडियन पोर्नस्टार एवम् बलिउड नायिका सन्नी लियोन सोमबार ललितपुरस्थित पाटनको मंगलबजामा घुमिरहेको अवस्थामा भेटिइन्। बिजनेस मिटिङ र घुमघामका लागि दुईदिने यात्राका क्रममा राजधानी आएकी सन्नी मंगलबजारमा आफ्ना पति अमेरिकन रक स्टार डेनियल वेभर तथा केही सहयोगीका साथ निस्फिक्रिका साथ घुमिरहे पनि उनलाई कमैले चिने।

sunni leon in kathmandu

राजधानीको पुरानो र कलात्मक शहरमा घुम्ने क्रममा कसैले नचिनेपछि सन्नी निस्फिक्रीका साथ दिल खोलेर पाटन दरबार स्क्वायर घुमाएर रमाइरहेकी देखिन्थिन्। कसैले नचिनेका कारण उनी आफ्ना अमेरिकन रकर पति वेभरसँग पटक–पटक विभिन्न पोजमा तस्वीर खिचाइरहेकी थिइन्। पाटन दरबार स्क्वायर घुम्ने क्रममा त्यहाँका सम्पदा र कला संस्कृतिबारे पतिसँग कुराकानी गरेकी थिइन् भने घरी–घरी ब्यागको जिपर खोल्ने लाउनेसमेत गरिरहेकी थिइन्।सन्नी र उनको रक स्टार पतीलाई काठमाडौं यात्रा निकै रमाइलो लागेको रहेछ। त्यसैले सोमबार बिहान १० बजे नै लियोन दम्पत्ती स्वयम्भू मन्दिरमा पुगेका थिए। आइतबार काठमाडौं टेकेको सन्नीको दम्पत्ती सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाबाट सोमबार बिहान सीधै स्वयम्भू पुगेको थियो। स्वयम्भू घुमेको केही समयमै सन्नीले आफ्नो ट्वीटर अकाउन्टमा त्यहाँ खिचेका करिब आधादर्जन फोटो पोस्ट गरेकी थिइन्। उनले फोटोसँगै नेपाल सुन्दर भएको र यहाँको दृश्य अवलोकन गर्दा रमाइलो लागेको भन्दै ट्वीट गरेकी थिइन्। ‘आज बिहान बुद्धको दर्शन गर्दैछु, आशा गर्छु सबै कुरा बलियो बनिरहेको छ’ –सन्नीले ट्वीट गरेकी छिन्। सनीले आफ्नो पतीसँग स्वयम्भूमा खिचेको फोटो ट्वीटरमा राखेकी छिन्।

sunni-lion

यसअघि आइतबार सन्नीको दम्पत्ती सोल्टीमै केही व्यावसायीले आयोजना गरेको कक्टेल डिनरमा सहभागी भएका थिए। जहाँ भीआईपी गेस्टमात्र सहभागी थिए भने होटलका सीमित कामदारालाई मात्र त्यहाँ प्रवेश दिइएको थियो। सन्नी बसेको होटलमा नेपाली युवायुवतीको भीड लागेको छ। सन्नीलाई आफ्ना नेपाली प्रशंसकसँग फोटो खिचाउँदै भ्याइनभ्याइ भएको छ।  सन्नी सोमबार साँझै मुम्बई फर्की सकेकी छिन्।

नेपाल समाचार पत्र बाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.