स्व. शिब रेग्मिको गृह नगरमा मनले मन लाई छुन्छ टिम


(सेलिब्रेटी नेपाल) १० फागुन- चैत्र २८ गते बाट अल नेपाल प्रदर्शन हुन् लागेको चलचित्र “मनले मनलाई छुन्छ” को युनिटले एक औपचारिक कार्यक्रमको राजधानी भन्दा पर निर्देशक स्व. शिब रेग्मिको गृह नगर चितवनको बाह्रघरेमा एक कार्यक्रम गर्दै चलचित्रको पोस्टर लञ्च गरेको छ। आइतबार बरिष्ठ चलचित्र निर्देशक स्व. शिव रेग्मीको निवासमा आयोजना गरीएको कार्यक्रममा शिव रेग्मीको बारेमा तयार पारिएको ६ मिनेटको बायोग्राफीसमेत देखाइएको थियो । रेग्मी निवास भरतपुर नगरपालिका ४ मा सम्पन्न कार्यक्रममा राजधानीबाट आएका तथा चितवनबाटै सक्रिय पत्रकार एवं फिल्मकर्मीहरुको साथमा स्थानिय शुभेच्छुकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।
Garima-panta-man-le-man-lai-chuncha
चलचत्रि मनले मनलाई छुन्छका निर्माता सुनिल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ रहनुभएको थियो भने बिशिष्ट अतिथिमा साहित्यकार प्रेम बिनोद नन्दन रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा नायिका गरिमा पन्त, स्व निर्देशक रेग्मीकी आमा भक्त माया रेग्मी, श्रीमति ज्ञानु रेग्मी, नारायणी कला मन्दिरको अध्यक्ष दिलिप पिया, मिना खरेल, नायक बिरेन श्रेष्ठ, चलचित्र पत्रकार संघका केन्द्रिय सचिव दिनेश सिटौला, चलचित्र पत्रकार संघ चितवनका कार्यबाहक अध्यक्ष रवि अधिकारी, बिनय श्रेष्ठ लगायतका रहेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गर्दै बिरेन श्रेष्ठले शिव रेग्मीको अन्तिम चलचित्र र एकदमै उत्कृष्ट बनेकोले सबैलाई हेरिदिन आग्रह गरे । उनले चलचित्रको अभिभावक निर्देशक नभएपछि सबैबाट हेपिएको बताउदै आफुहरुले निकै दुख गरेर चलचित्र रिलिज गर्न लागेको बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.