हँसिया अडियो सार्बजनिक नायिकाले गोदीन १३७ लाई


(सेलिब्रेटी नेपाल) १० फागुन-राजधानीको दरबारमार्ग स्थित मधुसला रेस्टुरेन्टमा नेपाली चलचित्र ‘हँसिया’को अडियो गीत तथा प्रोमो सार्वजनिक गरिएको छ। कल्याण सिंहको संगीत रहेको एल्बममा चार गीत रहेका छन्। तीनमा सुवानी मोक्तानको स्वर रहेको छ भने एकमा राजेश पायल राईको आवाज समेटिएको छ भने गीतको रचनाकार निलम आङबुहाङले गरेकी छिन् ।
Hasiya-audio-lunch
नेपाली समाजमा रहेको हत्या हिंसाको बिरुद्ध कसरी लाग्नुपर्छ भन्ने कथालाई देखाईएको चलचित्र हसिया नारी पात्रको प्रतिनिधित्व गराउदै पूर्ण एक्सन र सस्पेन्स चलचित्र हसियाको निर्माण गरिएको छ। जेठ ९ गते रिलिज हुने बताईएको यो चलचित्रमा नायिका हेमा श्रेष्ठले १३७ जनाँ फाईटरसँग एक्लै लडेकी छिन्। यो चलचित्रकी मुख्य पात्रको रुपमा रहेकी हेमा जसमा उनको पूर्ण एक्शन र भावपूर्ण अभिनय हेर्न पाहिन्छ। नायिका हेमातेक्वान्दोको थर्ड डन समेत हुन्। दुर्गा घले निर्माती र मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा एक करोड पन्ध्र लाख लगानी रहेको बताईएको छ।

‘हँसिया’मा राजेश हमाल, हेमा श्रेष्ठ, अनुप बिक्रम शाही, रुबी राना, विशाल ढुंगाना, आलोक कार्की लगायतको मुख्य भूमिका रहेको छ। आगामी जेष्ठ ९ गते नेपाल भर रिलिज गरिने चलचित्र हसिया अप्रिल २७ गते हङ्कङ् र अप्रिल ३० मा लण्डनमा रेड कार्पेट प्रिमियर सो गरिने भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.