कृष्णको धुन मा जीवन र केकीले रोमान्स गर्ने


(सेलिब्रेटी नेपाल) ७ फागुन- सफल चलचित्र ‘लंका’ र ‘झोला’ निर्माण गरि सकेकी सफल निर्मात्रीको तेस्रो प्रोजेक्ट धून बन्ने भएको छ। मालतीले निर्माण गरेको पहिलो चलचित्र ‘लंका’ लाई श्याम भट्टराईले निर्देशन गरेका थिए भने दोस्रो चलचित्र ‘झोला’ बाट यादव भट्टराईले सफल निर्देशकको परिचय बनाइ सकेका छन् अब ‘धून’ बाट निर्देशकको रुपमा सफल हुने योजनाका साथ करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम गरि सकेका कृष्ण पौडेलले निर्देशकको रुपमा डेब्यु गर्दै छन्। तारा सीतारा प्रोडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘धुन’ का प्रस्तुत कर्ता सुशील शाह रहनेछन भने निर्मात्री श्रेया दुलाल र निर्माताका रुपमा मधुसुदन ढकालको संयुक्त लगानी रहने छ।
keki-adhikari-jiwan-luitel
म्युजिकल लभ स्टोरी बेस रहने चलचित्र ‘धुन’ मा जीवन र केकीको जोडी देख्न सकिने छ। जीवन र केकी संगै श्रेया दुलाल,मुकेश ढकालको पनि मुख्य भूमिका रहनेछ। अन्य कलाकारहरुमा जीवन भट्टराई,रमेश बुढाथोकी,नबिन बुढाथोकी,बद्रि थापाको पनि प्रमुख भूमिका रहने छ। चलचित्रको गीत हरुमा संगीत लक्की सिटौलाको रहेको छ।
Mukesh-dhakal,shreya
लभ र म्युजिकको फ्युजन रहने चलचित्र ‘धुन’ अब छिट्टै नै फ्लोरमा जाने निर्देशक कृष्णले जानकारी गराए। केहि समय पहिले देखि नै फ्लोरमा जाने तयारी भएको चलचित्रको लागि नायिकाको खोजि कार्यले गर्दा ढिलो हुन् गएको निर्देशक कृष्ण बताउछन्। नेपालमा आफुले खोजे जस्तो र कथा अनुसार फिट नायिका पाउनको लागि सार्है गार्हो भएको अनुभव निर्देशक सुनाऊछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.