शान्तिप्रिय दोस्रो पटक अध्यक्षमा निर्बाचित


(सेलिब्रेटी नेपाल) ७ फागुन-चलचित्र पत्रकर संघको नयाँ नेतृत्वको लागी बिहीबार सम्पन्न निर्वाचनबाट शान्तिप्रियको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित भएको छ। शान्तिप्रिय प्रतिष्पर्धी डब्बु क्षेत्रीलाई हराउँदै नयाँ कार्यसमितीको लागि अध्यक्ष पदमा विजयी भएका हुन्। शान्तिप्रियले ४० मत ल्याए भने प्रत्यासी डब्बु क्षेत्रीले २० मत ल्याए। शान्तिप्रियले यसअघि पनि संघमा अध्यक्ष र महासचिव पद सम्हालिसकेका छन्।
Journalist
नवनिर्वाचित कार्यसमितीको कार्यक्रम उपाध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भए भने संगठन उपाध्यक्षमा बिष्णु सुबेदी बिजयी भएका छन् । त्यस्तै महासचिवमा सन्दिप सापकोटा बिजयी भए। त्यस्तै, संघको सचिव पदमा दिनेश सिटौला निर्वाचित भएका छन्। कोषाध्यक्षमा कुबेर डंगोल निर्वाचित भएका छन्।पुरानो कार्य समितिको काम बाट धेरै सन्तुस्ट छैनन अब नयाँ कार्य समितिले कस्ता कार्य हरु गरेर संघ लाई अघि बढाउने छ हेर्न बाँकि नै छ।

यता सदस्यहरुमा सुमन गैरे, विजय आवाज, किरण खनाल, गिता अधिकारी र नेमिष गौतम विजयी भए। नयाँ कार्यसमितीले अन्य दुई सदस्यलाई मनोनित गर्ने प्रावधान छ। यस्तै पार्षद तर्फ विदूर गिरी, सन्तोष रिमाल, नवराज लम्साल, दयाराम पाण्डे, नरेश भट्टराई, कृष्ण भट्टराई, ऋषिराम कट्टेल, अनन्त वाग्ले र ध्रुब लम्साल विजयी भएका छन्। यि पार्षद सदस्यहरूले पत्रकार महासंघको चुनावमा भाग लिन पाउने छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.