कैफियत शुभ मुहर्त दशरथ गिरिको निर्देशनमा डेब्यु


(सेलिब्रेटी नेपाल) ३० फागुन- बढिमात्रामा हिसाव कितावमा प्रयोग हुने तथा नेपाली सापटी शव्द ‘कैफियत’ को नाममा चलचित्र निर्माण हुने भएको छ। चलचित्र कैफियतको बिहिबार बिहान गणेशस्थान मन्दिरमा शुभ मुहुर्त गरियो भने दिउसो पत्रकार भेटघाट कार्यक्रम आयोजना गरि चलचित्रको निर्माण यूनिटले चलचित्रको बारेमा जानकारी दिएको छ।
Kaifiyat-poster
सो अवसरमा कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकार एव आमन्त्रित व्यक्तिलाइ नायीका नन्दिता केसिले लड्डु खुवाएकि थिइन । चलचित्र लाई ओम दक्षिणकाली फिल्म प्रालीको ब्यानरमा निर्माता चिन्तामणि बराल र धन देवकोटाले संयुक्त रुपमा निर्माण गर्ने भएका छन्। नेपाली चलचित्र लगाएत बिभिन्न तेलेगु चलचित्रमा भी एफ एक्स र कलरिस्टको काम गरेर आफुलाई पोख्त पारेका ब्यक्ति दशरथ गिरिले यस चलचित्रलाई निर्देशन गर्ने भएका छन्। आगामी चैत्र ६ गते बाट छायांकनको लागि जाने यस चलचित्र ’कैफियत’मा नायिका नन्दिता के सी का साथै विन श्रेष्ठ, सिपी पौडेल, शंकर शाही ठकुरी, किसन सुनुवार र सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेन भएको छ। चलचित्र लाई ओम दक्षिणकाली फिल्म प्रालीको ब्यानरमा निर्माता चिन्तामणि बराल र धन देवकोटाले संयुक्त रुपमा निर्माण गर्ने भएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.