नायिका बन्ने धुनमा सोनीका


(सेलिब्रेटी नेपाल) २८ फागुन-नेपाली कला क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवतीहरुको मोह बढी नै रहेको छ। मोडल बन्न होस् वा नायक नायिका बन्नको लागि बर्षौं सम्म संघर्ष गर्ने प्रसस्तै भेटिन्छन यहाँ यस्तै भिडमा अर्को नाम थपिएको छ सोनीका बास्तोला इटहरी स्थायी घर भएकी सोनीका नायिका बन्ने धुनमा यस कला क्षेत्रमा संघर्ष गर्दै छिन। उनि हाल नृत्य,अभिनय तथा व्यक्तित्व बिकाशका तालिम हरु लिइ रहेकी छिन। उनले हाल सम्म २ वटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिसकेकी छिन कुनै राम्रो निर्देशकले आफ्नो काम लाई विश्वास गरेमा छिट्टै नायिकाको रुपमा प्रस्तुत हुने उनको योजना रहेको छ। ‘नेपाली कला क्षेत्रमा लगेर बाँच्न त्यति सजिलो त छैन तर पनि आफु लाई भित्रै देखि मन परेको क्षेत्र भएकोले यसैमा आफ्नो भबिस्य बनाऊ भन्ने चाहना भएको हो, सोनीका भन्छिन। परिवार बाट सपोर्ट नभैकन यस क्षेत्रमा लाग्न गार्हो छ उनलाई परिवार बाट पनि राम्रै सपोर्ट भएको उनि बताउंछिन।
monika-bastola-m
सोनीका बास्तोलाका अन्य फोटोहरु तथा फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुस >>>>>>>>>