हात नभएका निर्देशकले बिना स्क्रिप्ट चलचित्र सुटिंग सके


(सेलिब्रेटी नेपाल) २७ फागुन-हात नभएका निर्देशक यादव सिटौला बैरागीले बिना स्क्रिप्ट चलचित्र ‘तागत पैसाको’ सुटिंग सकेका छन् १७ दिनमा सोमबार गीतको सुटिंग गर्दै प्याक अप गरिएको छ चलचित्रको कथा निर्देशक स्वयम्को रहेको छ। ‘हात हुनेले त स्क्रिप्ट लेख्छन म हात नहुनेले कसरि लेख्नु त्यहि भएर मेरो आफ्नो दिमागले सम्बाद बनाऊदै सुटिंग गर्दै गरेको हुँ’ निर्देशक यादव भन्छन।
karan-shresthaचलचित्रका निर्माता बिपलाल तामांग हुन्। बिकाश चौधरीको संगीत रहेको चलचित्र लाई महेन्द्र थापाले खिचेका हुन्। काठमाडौँ र नुवाकोटमा सुटिंग गरिएको चलचित्रमा कलाकारहरु करण क्रेजी,मुकुन्द किशोर भट्टराई,मोनिका दाहाल,अश्मिता बस्नेत,प्रकाश तामांग,पुस्कर राउत आदिको अभिनय रहेको छ। गौरती भिमेस्वरको ब्यानरमा निर्माण भएको चलचित्र असार महिनामा रिलिज गर्ने योजना रहेको निर्माता बिपलाल तामांगले जानकारी दिए। Yadav-siwakoti
Karan-shrestha-anita

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.