(सेलिब्रेटी नेपाल) १९ फागुनचलचित्रको नाम खोज्दै जाँदा नयाँ नाम जुराएका छन् नयाँ निर्देशक मिलन आले मगरले पहिलो पटक निर्देशन गर्न लागेको चलचित्रको नाम ‘कवाडी’ रहेको छ। चलचित्रमा अनु शाह र मुकेश आचार्यले मुख्य भूमिका निभाउने भएका छन्। भानसरा शर्मा निर्माता तथा सावित्री पुनः कार्यकारी निर्माता रहेको चलचित्रका लेखक सुशिल पंगेनी हुन्। चलचित्रको शिर्षक ‘कवाडी’ साथी भाईहरु लाई भन्दा सबै हाँस्छन.. कथा अनुसार नाम जुराइयो निर्देशक आले मगर भन्छन।
भरत शेरचनको शब्द तथा संगीत एवं रामेश्वर जिरेलको छायाँकन रहने ‘कवाडी’ को छायाँकन यही फागुन २८ गतेबाट सुरु हुने निर्देशक आले मगरले बताए। काठमाडौं र दाङमा छायाँकन गरिने फिल्ममा अनु र मुकेशसँगै शक्ति जिएम, सुदिप काफ्ले, रश्मी भट्ट, विमल नेपाली र गोपाल जिएमको अभिनय रहनेछ।



