बैशाख १२ मा दयाहाङ र लुट निर्देशक निश्चलको कबड्डी


(सेलिब्रेटी नेपाल) १९ फागुन-आउँदो बैसाख १२ गते नायक दयाहाङ राई लुट निर्देशक निश्चल बस्नेत,रिश्मा गुरुङ, राजन खतिवडा, बिजय बराल, बुद्धि तामाङ, अरुणा कार्की, पशुपति राई, कविता आले लगायतका कलाकारहरु कबड्डी भिड्ने भएका छन्। कुनै युवतीलाई बिछट्टै मन पराउने युवकले सीमा नै नाघेर गरेको प्रेम र त्यसको बीचमा भाँजो हाल्न सीमा नाघेर आउने सहरीया विवेकबीचको भिडन्तको कहानीलाई मुल विषय बनाएर तयार चलचित्र ‘कबड्डी’ आउँदो बैसाख १२ बाट अलनेपाल रिलिज हुने भएको छ । सोमवार राजधानीमा आयोजित चलचित्रको फर्स्ट लुक ट्रेलर तथा पोस्टर सार्वजनिक कार्यक्रममा चलचित्रको रिलिज मिती पनि घोषणा गरिएको हो।
kabaddi-poster

चलचित्र ‘कबड्डी’ ब्लयाक हर्स पिक्चर्स प्राली’को ब्यानरमा तयार भएको हो । निश्चल बस्नेत रसुनिल रौनियारले लगानी गरेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन । पुरुषोत्तम प्रधानले खिचेको चलचित्र ‘कबड्डी’मा द्वन्द्व कुमार महर्जनको रहेको छ भने नृत्य गोविन्द राई,संगित सुर ब्याणडको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.