सफल निर्माता सुनिल पनि अब पाटनरसीपमा चलचित्र निर्माणमा


(सेलिब्रेटी नेपाल) १७ फागुन-सायद र होस्टेल जस्ता सफल चलचित्र निर्माण गरेका निर्माता सुनिल रावलले अर्को चलचित्र निर्माणमा लागेका छन्। सुनिलको यो अन्य निर्माता संगको सहकार्यमा बन्न लागेको चलचित्र हो अहिले सो चलचित्रको गित रेकर्डिङ्ग सुरु गरेका छन्। चलचित्र सम्पादनमा राम्रो नाम चलेका सुरेन्द्र पौडेलले रावलको तेस्रो चलचित्र निर्देशन गर्ने चलचित्र ‘आभास’ को गितको कार्य सुरु भएको छ।
Aabhas-poster
निर्माता सुनिल रावल, वितरक/निर्माता तथा नायक गोबिन्द शाही र दिपक शाहीको पनि चलचित्रमा लगानी रहने छ।अहिले नेपाली चलचित्रको बजार घटी रहेको समयमा पाटनरसीपमा चलचित्र निर्माण गर्नु पनि फलदायी साबित हुन सक्नेछ। प्रकाश नेपालीको संगीतमा राजधानीको एक स्टुडियोमा आभासको संगीतको काम भैरहेकोछ। निर्माता सुनिल रावलको दुर्गिश फिल्म्स बाट बन्न लागेको निर्देशक सुरज भुसालले निर्देशन गर्ने चलचित्रको पनि सुनिल तयारीमै छन् तर ‘आभास’ को काम पहिले हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.