सफलता तर्फ अघि बढ्दै झोले


(सेलिब्रेटी नेपाल) ११ फागुन-सुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘झोले’ ले सुरुवाती व्यापार राम्रो गरेको छ कमेडी धारमा निर्मित चलचित्र ‘झोले’ को कमेडी लाई मल्टिप्लेक्स तथा सिंगल थियटर दुबैका दर्शक हरुले उत्तिकै मन पराएका छन्। निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो डार्क कमेडी चलचित्र मा दयाहाङ राई ,प्रियंका कार्की र ए गुरुङ को मुख्य भूमिका रहेको छ।
jhole-poster
नव निर्माता टेकेन खडका यति बेला झोलेको व्यापार देखेर दंग छन्। सुक्रबार र शनिबार दुइ दिनको व्यापार ४५ लाख नाघेको वितरक कम्पनि पप कर्न पिक्चर्सका एक संचालक समेत रहेका निर्देशक दिपेन्द्र खनालले जानकारी दिए। काठमाडौं बाहिरका विभन्न हलमा शो थपिएका छन्। त्यसैगरी काठमाडौंका हलहरुमा चलचित्रको शो थप्ने तयारी भइरहेको बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.