चलचित्र असफल भइ रहे पनि नम्रताको व्यस्तता कायमै


(सेलिब्रेटी नेपाल) ११ फागुन-नायिका नम्रता श्रेष्ठले यो वर्ष अभिनय गरेको चलचित्र ‘मौन’ र मेघाले सफलता पाउन सकेन। नायिका नम्रताको फ्यान क्रेज राम्रो भए पनि चलचित्र असफल भए। प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र मेघाले नम्रताको स्टारडम टिकाउन सकेन। यो असफलतासँगै अब नायक आर्यन सिग्देल निर्माता बनेको चलचित्र नोभेम्बर रेन नम्रताको लागि आधार बनेको छ।
namrata_shrestha cbn nett
नम्रताको स्टारडम टिकाउन अब नोभेम्बर रेन हतियार बन्ने देखिएको छ। दिनेश राउतले निर्देशन गरेको नोभेम्बर रेनमा नम्रंता र आर्यनको साथमा छुल्ठिम गुरुङको पनि मुख्य भुमिका रहेको छ।

नायिका नम्रताको चलचित्र असफल भइ रहे पनि उनिले नयाँ चलचित्रमा काम पाउन भने छाडेकी छैनन उनि अहिले चलचित्र ताण्डवको सुटिंगमा ब्यस्त छिन। अन्य दुइ नयाँ दुइ चलचित्रमा पनि नम्रता अनुबन्धित भइ सकेकी छिन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.