नायिका तथा निर्मात्री उपचारमा जाँदा नेगेटिभ चर्चा


(सेलिब्रेटी नेपाल) ९ फागुन-नेपाली चलचित्र उद्योग पनि बडो अनौठो प्रकारको बुझेर पनि बुझी नसक्नुको छ भन्ने गर्छन यस क्षेत्रका बिज्ञहरु राम्रो बिषय बस्तुमा निर्माण गरेको चलचित्र दर्शकलाई मन पर्दैन कुनै झुर चलचित्र पनि दर्शकलाई मन पर्छ कहिले काहीं राम्रो काम गर्दा पनि अपजस मिल्छ। केहि गर्न खोज्दा खुट्टा तान्नेहरु प्रसस्तै भेटिन्छन। एक जना नव निर्मात्री श्रेया दुलाल चलचित्र धुन निर्माण गर्ने अन्तिम तयारीमा छिन केहि दिन अघि उनको स्वास्थ्यमा समस्या आयर उनि उपचारका लागि भारत तिर लागिन तर यहाँ उनको बारेमा विभिन्न नेगेटिभ चर्चाहरु चल्न थाल्यो यस्ता गतिविधिले काम गर्न सार्है गार्हो हुने कुरा धुन बाटै सोलो निर्देशकका रुपमा आफ्नो परिचय बनाउने तयारी गरि रहेका निर्देशक कृष्ण पौडेल बताउछन्।
sreya-dulal
एक जना पुराना चलचित्र कर्मी भन्छन ‘यहाँ पैसाको पछि मात्रै कुद्ने धेरै व्यक्ति हरुको कारण पनि सहि काम गर्ने हरुको लागि गार्हो परेको हो’। जीवन लुइँटेल हाल मलेसियामा अर्को चलचित्रको सुटिंगमा ब्यस्त रहेको कारण ले गर्दा धुन को सुटिंग समय पछाडी सरेको निर्देशक कृष्ण पौडेल बताउछन् सुटिंग केहि पर सर्नु नौलो कुरा होइन तर यहाँ धेरै नेगेटिभ कुरा हरु सुनिन थाल्यो त्यसैले अलिक मुड अफ्मा छु पौडेल थप्छन। जीवनको अपोजिटमा नायिका केकी अधिकारी लाई देख्न सकिनेछ केकी र जीवन बाहेक अन्य कलाकारहरुमा श्रेया दुलाल,जीवन भट्टराई,रमेश बुढाथोकी,नबिन बुढाथोकीको पनि मुख्य भूमिका रहने छ। काठमाडौँ,दमक,पोखरा लगाएतका स्थान हरुमा सुटिंग गरिने चलचित्रको गीत रेकर्डिङ्ग सकिएको छ। चलचित्रको गीत हरुमा संगीत लक्की सिटौलाको रहेको छ। कृष्ण आचार्य र अनुप पौडेलको स्क्रिप्ट रहेको चलचित्र लभ र म्युजिकको फ्युजन हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.