झोले संग सम्राटको भिडन्त


(सेलिब्रेटी नेपाल) ८ फागुन-कमेडी धारमा निर्मित चलचित्र ‘झोले’ र एक्सन श्रेणीको चलचित्र ‘सम्राट’ भोलि शुक्रबार बाट एक आपसमा भिड्दै छन्। चलचित्र झोले यति बेला आफ्नो प्रचार प्रसार को कारण निकै चर्चामा रहेको छ। निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो डार्क कमेडी चलचित्र मा दयाहाङ राई ,प्रियंका कार्की र ए गुरुङ को मुख्य भूमिका रहेको छ। झोलेका निर्माता टेकेन खडका हुन्। झोले हेर्नको लागि दर्शकहरु निकै आतुर देखिएका छन् बिसेशत टिन एजर माझ झोले लोकप्रिय बनेको छ।
jhole-poster
भोजपुरी र नेपाली भाषामा निर्माण भएको सम्राटमा बिराज भट्टको मुख्य भूमिका रहेको छ लिगेस लिलाधर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र लाई सुरज खड्काले निर्माण गरेका हुन्।
samrat-movie-poster

Copyright © 2012 - 2026 | All Right Reserved.