नम्रताको लाहुरे संग ताण्डव


(सेलिब्रेटी नेपाल) ७ फागुन-‘बधशाला’ निर्माण गरेर चर्चा बटुलेको निर्माण कम्पनि स्म्यासिङ एप्पलको दोस्रो चलचित्र ‘ताण्डव’ निर्माण हुने भएको छ। ब्रिटिस नागरिक मुर्रे केरको निर्देशन रहने ‘ताण्डव’ निर्माणको बुधबार काठमाडौँमा एक औपचारिक कार्यक्रम गरी जानकारी गराइएको हो।
tandav-poster
एक्सन श्रेणीको चलचित्रमा नायिका नम्रता श्रेष्ठ, आशिष राना ‘लाउरे’, अनुप बराल, एलेन गुरुङ र विपिन कार्कीको मुख्य भूमिका रहनेछ। यही फागनु ११ गतेबाट सुटिङ प्रारम्भ गरिने चलचित्रलाई नरेन्द्र मैनालीले छायाँकन गर्नेछन्। काठमाडौं र भैरहवालाई सुटिङ स्थल छानिएको चलचित्रका निर्माता मोहन डोटेल हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.