एक्सन सम्राट बनेर आउंदै बिराज (भिडियो)


(सेलिब्रेटी नेपाल) ६ फागुन-नायक विराज भट्टको एक्सन लाई दर्शक हरुले मन पराउने गरेका थिय बिराज केहि बर्ष देखि भोजपुरी चलचित्र हरुमा ब्यस्त हुन थाले पछि नेपाली चलचित्रमा देखिन् छाडेका छन्। फेरी केहि समयको अन्तरालमा बिराज फागुन ९ गतेबाट काठमाण्डौका मुख्य हलसहित उपत्यका बाहिरका हलमा ‘सम्राट’ बनेर देखिन लागेका छन्। लिगेस लिलाधर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘सम्राट’ मा नायक विराज भट्ट मुख्य भूमिकामा छन्। उनको साथमा चलचित्रमा नायिका रुवि सिंह लाई पनि देख्न सकिनेछ।
samrat-movie-poster
योज्ञराज घिमिरे र ओम प्रकाश अग्रवाल निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता सुरज खड्का हुन् । पूर्णतया पारिवारिक एक्शन लभस्टोरी यो सिनेमामा दर्शकले नायक विराज भट्टको आकर्षक द्वन्द्व हेर्न सक्नेछन्। फागुन ९ गते बाट नै डार्क कमेडी चलचित्र ‘झोले,पनि प्रदर्शनमा। ,झोले’ र ‘सम्राट’ कसले बाजी मार्ने हो त्यो भने केहि दिन पछि नै थाहा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.