झोलेले कति बेला हसाउनेछ पत्तै हुन्न


(सेलिब्रेटी नेपाल) ५ फागुन-केहि समय अगाडी प्रदर्शन मा आएको चलचित्र छ एकान छ ले दर्शकको मन जित्न सफल भए पछि अब कमेडी चलचित्रको बजार बढ्नेमा चलचित्र बजारमा आशा जागेको छ। कमेडी धारमा निर्मित चलचित्र झोले आउने सुक्रबार अर्थात् फागुन ९ बाट प्रदर्शनमा आउने छ। चलचित्र झोले यति बेला आफ्नो प्रचार प्रसार को कारण चर्चामा रहेको छ। साथै आफ्नो हरेक सिनेमामा फरक गर्न रुचाउने निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो डार्क कमेडी चलचित्र मा दयाहाङ राई , प्रियंका कार्की र ए गुरुङ को मुख्य भूमिका रहेको छ। दयाहाङ लाई लभ सङग् मा नचाउन सफल निर्देशक खनाल ले दर्शक का लागि झोले मा सप्राइज प्याकेज नै रहेको बताउछन। यता यसै सिनेमा बाट नेपाली सिने जगत मा प्रवेश गरेका निर्माता टेकेन खडका यो सिनेमा हेर्दा कति बेला हास्ने भन्ने दर्शक लाई पत्तै नहुने बताउछन।
jhole-poster
हिजो ४ गते पोखरामा ‘झोले’ को प्रिमियर गरिएको छ । पोखराको श्रीकृष्ण हलमा साँझ ‘झोले’ को प्रिमियर गरिएको हो । ‘जिरो सिक्स वान ईन्टरटेनमेन्ट’ ले व्यवस्थापन गरेको प्रिमियरमा सहभागी हुन कलाकार दयाहाङ राई, प्रियंका कार्की शनिबारै पोखरा पुगेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.