म्युजिक भिडियो निर्देशकले बनाउने भए कमेडी चलचित्र रेशम फिलिली


(सेलिब्रेटी नेपाल) २९ माघ – म्युजिक भिडियोको निर्देशन बाट ठुलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका निर्देशक हरुको चलचित्र प्रदर्शन भइ रहेको समयमा अर्का म्युजिक भिडियो निर्देशक ठुलो पर्दाको चलचित्र निर्माणको क्रममा जुटेका छन्। लामो समयदेखि म्युजिक भिडियोको निर्देशन गर्दै आएका निर्देशक प्रणव जोशीले अब ठुलो पर्दामा हात हाल्दै छन्। कमेडी चलचित्रको लहर चलिरहेको बेला निर्देशक जोशीले सिचुयस्नल् कमेडी चलचित्र “रेशम फिलिली” निर्देशन गर्न लागेका हुन् “रेशम फिलिली” बिनय श्रेष्ठको लगानीमा निर्माण हुन लागेको चलचित्र हो।
Resam-filili-poster
निर्देशक जोशीकै लेखन तथा कालीप्रसाद बास्कोटाको संगीत रहेको चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासिया र शिशिर वाङदेलको मुख्य अभिनय रहनेछ। बाबु श्रेष्ठको छायङकन रहने चलचित्र रेशम फिलिलीको फागुन तेस्रो हप्ताबाट छायङकन सुरु गरिने निर्देशक जोशीले जानकारी गराए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.