रेग्मी पत्नीले रुँदै भनिन बाबुको राम्रो चलचित्र बनाउने इच्छा छोराले पुरा गर्ने छ


(सेलिब्रेटी नेपाल) २८ माघ-शिव रेग्मीले निर्देशन गरेको प्रदर्शन हुन बाँकि रहेको चलचित्र मन ले मन लाई छुन्छले आज काठमाडौँको कमल होटलमा एक औपचारिक कार्यक्रम गरि प्रोमो सार्बजनिक गरियको छ कार्यक्रममा उपस्थित सम्पूर्ण चलचित्र कर्मी तथा पत्रकार हरु लाई भाबुक बनायो कार्यक्रममा निर्देशक रेग्मिकि धर्म पत्नी ज्ञानु रेग्मीले शिव रेग्मी लाई यति धेरै जनाले सम्झनु सम्मान गर्नु हुने रहेछ भन्दै खुसि ब्यक्त गरिन। शिव रेग्मी सँधै चलचित्रकै ध्याउन्नमा लाग्नु हुन्थ्यो र चलचित्र क्षेत्र लाई धेरै माया गर्नु हुन्थ्यो भन्दै उँहाको अन्तिम एउटा चलचित्र बनाउने इच्छा थियो त्यो पुरा गर्न सक्नु भएन अब त्यो काम उँहाका छोराले पुरा गर्ने बताईन। रेग्मी पुत्र डा. अभिषेक रेग्मी २ बर्ष पश्चात चलचित्र क्षेत्रमा प्रवेश गर्ने उनकी आमाले घोसणा गरिन ‘मनले मन लाई छुन्छ’ आउँदो चैत्र २८ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ। कार्यक्रममा रेग्मी पत्नी ज्ञानुले सबै सामु हात जोड्दै चलचित्र ‘मनले मन लाई छुन्छ’ लाई एक्लै प्रदर्शन गर्ने बाताबरण मिलाई दिन र सबैले स्व.शिव रेग्मीको अन्तिम चलचित्र लाई सबैले हेरिदिन आग्रह समेत गरिन।
Manle-manlai-chuncha-poster
कार्यक्रममा बोल्दै चलचित्रकी नायिका गरिमा पन्तले पनि शिव रेग्मीको प्रसंशा गर्दै चलचित्र मनले मन लाई छुन्छ धेरै राम्रो बनेको बताईंन। उक्त कार्यक्रममा निर्देशक रेग्मिकि धर्म पत्नी ज्ञानु रेग्मी,चलचित्र ‘मनले मन लाई छुन्छ’ कि नायिका गरिमा पन्त,नायक बिरेन श्रेष्ठ,कलाकार केशव भट्टराई,निर्माता सुनिल सिटौला,निर्माता संघका अध्यक्ष राज कुमार राई,संगीतकार बसन्त सापकोटा लगाएतको उपस्थिति रहेको थियो।
garima-panta
मिराकल मिडिया प्रा.लिको ब्यानरमा बिरेन श्रेष्ठ र सुनिल सिटौलाले मिलेर निर्माण गरेको चलचित्रमा बसन्त सापकोटाको सङ्गीत,हिमाल के सी को द्वन्द,शम्भु सापकोटाको छायांकन,कविराज गहतराज र हिम ग्याप टासीको नृत्य तथा बनिश शाहको सम्पादन रहेको छ। चलचित्र ‘मनले मन लाई छुन्छ’ आउँदो चैत्र २८ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ।
gyanu-regmi