तोरी लाहुरेहरुले टुंडिखेलमा घर बनाउने (भिडियो)


(सेलिब्रेटी नेपाल) २७ माघ – बेरोजगार युवाहरुको कथामा बनेको चलचित्र ‘तोरी लाहुरे’ को अफ़िसिएल ट्रेलर सार्बजनिक गरिएको छ। ‘रिदम एण्ड दिलिप फिल्मस’को ब्यानरमाएनबि महर्जनको निर्देशन रहेको चलचित्रको कथा कृष्ण आचार्यले लेखेका हुन। युवाहरुको पीडालाई कमेडी रुपमा प्रस्तुत गरिएको चलचित्रले मनोरन्जनको साथै सामाजिक संदेश पनि दिनेछ। चलचित्र फागुन २३ गते बाट प्रदर्शनमा आउने भएको छ चलचित्रका तोरी लाहुरे पात्र हरु टुंडिखेलमा घर बनाउने चाहना राख्छन।
Tori-Lahure-nepali-movie
चलचित्रलाई दिल कुमार तामाङ ‘वाले’ र रोशफि तामाङले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रमा रोहित रुम्बा, गजित बिष्ट, अशिष्मा नकर्मी, सुवास थापा, समुना केसी, लगायतको अभिनय छ।निरज कँडेलले खिचेको ‘तोरी लाहुरे’मा संगित सन्तोष राजको रहेको छ भने सुरेन्द्र पौडेलको सम्पादन र द्धन्द निर्देशन शंकर महर्जनको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.