नीर शाहद्धारा ‘सेतो बाघ’ निर्देशन घोषणा


(सेलिब्रेटी नेपाल) २१ माघ- साहित्यीक कृतिहरु माथि चलचित्र निर्माण गर्न रुचाउने फिल्मकर्मी नीर शाहले डायमण्ड शमशेरको एतिहासिक उपन्यास ‘सेतो बाघ’ माथि पनि चलचित्र एवं मेगा सिरियल निर्देशन गर्ने घोषणा गरेका छन्।डायमण्ड शमशेरको कथालाई टि.भि सिरियल र चलचित्रको रुपमा दर्शकमाझ ल्याउने उद्घोष एक औपचारिक कार्यक्रमको आयोजना गरि गरेका हुन। झण्डै एक करोड बजेटको लागतमा बन्ने ‘सेतो बाघ’ सिरियल ९१ एपिसोडको हुने छ भने जंगबहादुरका अन्तिम ३० दिनको कथालाई साढे दुई घण्टाको चलचित्रबनाईने निर्माण घोषणा कार्यक्रममा भनियो।
seto-bagh
फिल्म निर्माण घोषणा पनि जंगबहादुरको एक मात्र बाँकी रहेको अवशेष स्थल भनिएको थापाथली स्थित पाञ्चायन प्राङगण निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी र चलचित्र संघका महासचिव प्रदीप उदयले पर्दा अनावरण गर्दै गरिएको थियो। उक्त स्थलमा राणाहरुको कुलदेवीको पुजा हुने गर्दछ।

चलचित्रमा चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता (पप्पु)ले पनि एक महत्वपूर्ण भूमिकालाई अतिथि कलाकारको रुपमा निभाउदैछन् ।
सञ्जय लामाले खिच्नेछन् भने कला निर्देशन निर्जल श्रेष्ठ र ड्रेस डिजाईनको महत्वपूर्ण विद्यालाई नीरा राणाले हेरेकी छिन् । फिल्म एवं सिरियल महाशक्ति मल्टिी मिडियाको ब्यानरमा निर्माण गरिन लागिएको हो जसका थप दुई लगानी कर्ता पुरण राणा, रविन्द शमशेर राणा र डा. ख्याति राणा शाह रहेकी छिन् ।चलचित्रमा शम्भूजीत बाँस्कोटाको संगीत,सञ्जय लामाको छायांकन,कला निर्देशन निर्जल श्रेष्ठ र ड्रेस डिजाईन नीरा राणाको रहने छ।
Seto-bagh-poster
अन्जना कट्टेल, प्रियंका आचार्य, प्रमिला थापा, विनिशा सुवेदी, रेनु गौतम, सीता न्यौपाने, संस्कृति कार्की, आस्था बजगाई, सुनिता सापकोटा, लक्ष्मी मगर लगाएत अडिसन मार्फत ५७ जना कलाकारहरुको छनोट गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.