झोलेले पायो फिटकिरी निर्माताको साथ


(सेलिब्रेटी नेपाल) १९ माघ-डार्क कमेडी चलचित्र ‘झोले’ले निर्माता तथा गायक अर्जुनकुमारको पनि साथ पाएको छ। ‘फिट्किरी’ निर्माता अर्जुनकुमार खुलेरै ‘झोले’को प्रमोशनमा लागेका छन्। ‘झोले’का निर्देशक दीपेन्द्र के.खनालसँग निकै राम्रो मित्रता भएकोले अर्जुनकुमार प्रमोशनमा लागेका हुन्। यसअघि दीपेन्द्र र अर्जुनकुमार मिलेर ‘द युगदेखि युगसम्म’ र ‘चपली हाइट’ बनाएका थिए। अर्जुनकुमारले शनिबार राजधानीको आरएनएसी क्षेत्रका माइक्रो बस, ट्याक्सी र ट्याम्पोमा ‘झोले’को पोस्टर टाँसेका हुन्। जहाँ उनीसँग सोही चलचित्रका निर्माता टेकेन खड्का पनि देखिएका थिए ।
jhole arjun kumar
दयाहाङ राई, प्रियंका कार्की र ए.गुरुङ अभिनित चलचित्र ‘झोले’ फागुन ९ गतेबाट देशभर प्रदर्शन हुँदैछ्। ट्रेलर तथा गीतबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण युनिट हौसिएको छ। निर्देशक दीपेन्द्रले आफ्नो चलचित्रले अढाई घण्टा दर्शकलाई पूर्णमनोरञ्जन गराउने दाबी गर्छन्। पछिल्लो समय दर्शकले कमेडी चलचित्र लाई मन पराउन थालेकोले पनि झोलेले राम्रो व्यापार गर्ने आशा गर्न सकिन्छ।
jhole-poster

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.