अपशब्द बोलेर तथा अश्लिल दृष्य दिएर पनि नचले पछि जिया पलाएन हुँदै


(सेलिब्रेटी नेपाल) १९ माघ-नाँगिएर हिट भईन्छ र एक पछि अर्को गर्दै लगातार चलचित्र पाईन्छ भन्ने मानसिकता बोकेकी नायिका जिया केसी आजकाल काम नभएर घरमै थन्किएकी छिन्। चलचित्र क्षेत्रमा त उनी पलायन भएको टिका टिप्पणी आजकाल सुरु भएको छ। दिनेश थापाले निर्माण गरेको फिल्म एटिएममा जिया केसीले आफुलाई नँग्याउन कत्ति पनि कँजुस्याई गरिनन्। यती मात्र हैन, त्यो फिल्ममा मुखमा आएसम्मको अपशब्द बोलिन्। अन्तत जिया केसीको नग्नताको कारण चलचित्र एटिएमा लामो समय बन्देज भएर निकै काँटछाँट पश्चात रिलिज भयो। एटिएमबाट निकै बिबादमा आएकी यी नायिकाको अर्को चलचित्र बर्बाद पनि करिब ६ महिना प्रतिबन्द भयो।
jiya kc 3rd jiya
बर्बादमा पनि जियाले भरमार अँग प्रदर्शन गरेकी थिईन्। उनले खुलेर अँग प्रदर्शन गरेकै कारण सो फिल्म रिलिज गर्न जिके शर्माले निकै सास्ती झेल्नु पर्योन। यी दुई फिल्मबाट पूर्ण बदनामी कमाएकी जियाका अरु थप दुई ओटा नाँङगा फिल्म आउँदैछन्। जस मध्य चलचित्रजिगेलोलाई त अस्लिल भएको भन्दै सेन्सर बोर्डले पास समेत गरेको छैन। जिगेलोमा पनि अँग प्रदर्शन गर्न जिया केसीले कन्जुस्याई गरेकी छैनन्। जिगेलोसँगै जियाको अर्को फिल्म रङ वे पनि प्रदर्शनीको तयारीमा छ। तर यो फिल्ममा पनि जियाले खुलेर अँग प्रदर्शन गरेकै कारण सेन्सर हुन सकेको छैन।
jiya-kc hot
यसरी थप दुई ओटा सिनेमाले जियालाई अझ बिबादमा पर्ने छ। एक पछि अर्को गर्दै लगातार नाँगो चलचित्र दिएकै कारण बदनाम भएकी जियाले पछिल्लो समय फिल्म पाएकी छैनन्। कुनै समय आफ्नो फिल्ममा जियालाई लिन तँछाड मछाड गर्ने निर्माताहरुले आजकाल जियालाई फर्केरपनि हेर्न छाडेका छन्। केही समय यताबाट फिल्म नपाएपछि यी नायिका पनि काम बिहिन भएकी छिन्। काम नपाएपछि जिया पनि फुर्सदमा छिन्। उनी पनि नेपाली चलचित्रबाट बिस्तारै पलायन हुँदै गएको टिप्पणी सुरु भएको छ।