नयाँ तथा पुराना पुस्ताका दर्शकको मन छुने चलचित्र मोक्ष


(सेलिब्रेटी नेपाल) १७ माघ-दर्जनौ म्युजिक भिडियो निर्देशनको अनुभव पछि ठुलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका निर्देशक प्रविन श्रेष्ठले निर्देशन गरेको पहिलो चलचित्र मोक्ष अब आउने सुक्रबार बाट प्रदर्शनमा आउने पक्का भएको छ । वितरक तथा निर्माता सुनिल मानन्धरले निर्माण गरेको चलचित्र निर्देशक प्रविनको वास्तविक कथामा आधारित रहेको बताईएको छ। moksha movie posterकेहि दिन अगाढी कुमारी हलमा चलचित्रको च्यारिटी शो को आयोजना गरिएको थियो । चलचित्रले दर्शक तथा पत्रकार हरु बाट राम्रो प्रतिक्रिया पाएको । चलचित्र भित्र सांगीतिक ब्याण्ड भित्रको कथा लाई पर्दामा उतारिएको छ। कोशिश क्षेत्री, बेनिसा हमाल, बिक्रम सिंह, दिपेश भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र लाई अहिलेको नयाँ पुस्ताका दर्शक तथा पुराना दर्शक दुबैको मन छुने निर्माण पक्षको दाबी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.